हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले अपाङ्गता भएका १५ जनालाई मौरीसहितको घार वितरण गरेको छ । बिहीबार हेटौंडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशिकरण शाखाको आयोजना तथा वडा नम्बर ३ को समन्वयमा १५ जनालाई मौरीसहितको घार वितरण गरिएको महिला, बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिनुभयो ।
वडा अध्यक्ष ढलकबहादुर थापाको अध्यक्षतामा घार वितरण गरिएको थियो । अपाङ्गता भएकाहरुको आर्थिक सशक्तिकरण गर्ने, जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले घार वितरण गरिएको लामिछानेले जानकारी दिनुभयो । उपमहानगरपालिकाले अपाङ्गता भएका १५ जना व्यक्ति वा परिवारका सदस्यलाई जेठ २२ गतेदेखि २४ गतेसम्म तालिमको आयोजना गरेको थियो । तालिम र घार वितरणमा २ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएकोमा १ लाख ७० हजार रुपैयाँ खर्च भएको लामिछानेले बताउनुभयो । उपमहानगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरु लक्षित विभिन्न सीपमूलक तालिमको आयोजना गर्दै आएको छ ।