पुरस्कार वितरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः मातृभूमि साहित्य समाजको आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा तुलसीमेहर मेमोरियल स्कूलकी श्रीयाङ्क सिलवाल प्रथम हुनुभएको छ । प्रतियोगितामा ६२.५ अंक प्राप्त गर्दै सिलवाल प्रथम हुनुभएको हो । शुक्रबार आयोजना गरिएको प्रतियोगिताको नतिजा मंगलबार सार्वजनिक भएको मातृभूमि साहित्य समाजका उपाध्यक्ष हेमन्त ढुंगेलले जानकारी दिनुभयो ।

प्रतियोजितामा सोलिड्यारिटी इन्टरनेशनल एकेडेमीका सचित कुमार यादव ६१ अंकसहित दोस्रो, ज्ञानदा माध्यमिक विद्यालयकी प्रत्युसा स्याङ्तान ५९.९ अंकसहित तेस्रो र सोलिड्यारिटीका प्रविन घलान ५८ अंकसहित सन्त्वना हुनुभएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने विद्यार्थीलाई क्रमशः ३ हजार, २ हजार, १ हजार र पाँच सय रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

पुरस्कार वितरण कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्य रहेको थियो भने मातृभूमि साहित्य समाजका अध्यक्ष कृष्ण प्रसाद दहालको सभाध्यक्ष रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि लामाले विकास भौतिक मात्र नभएर मानसिक र सामाजिक रहेको भन्दै वडा सधैभरी यस्तो कार्यक्रममा हातेमालो गर्न तयार रहेको बताउनुभयो । वडास्तरीय निबन्ध प्रतियोगिता “विद्यार्थी माझ सामाजिक सञ्जालको बढ्दो प्रयोग” भन्ने शीर्षकमा भएको हो । स्थलगत निबन्ध लेखनअघि विद्यार्थीलाई निबन्ध लेखनको विषयमा अभिमुखीकरण समेत गराइएको ढुंगेलले बताउनुभयो । कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मा रहेको सोलिड्यारिटी इन्टरनेशनल एकेडेमी, ज्ञानदा माध्यमिक विद्यालय, तुल्सिमेयर मेमोरियल स्कूल र संस्कृत वेद विद्यालयका ६३ जना विद्यार्थीलाई सहभागिता रहेको थियो ।