हेटौँडाः बागमती प्रदेशको दुई जिल्लामा एकै दिन २ जनाको मृत्यु भएको छ । प्रदेशको काभ्रेपलाञ्चोक र धादिङ जिल्लामा दुई जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१२, ज्याम्दिमा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीया सञ्जु पराजुली रहेको प्रहरीले जानकारी दिएको छ ।
मंगलबार बिहान ८ बजेको समयमा पराजुली आफ्नै घरबाट खेतमा मल बोकि जाने क्रममा एक्कासि लडि बेहोस भएकी थिइन् । पराजुलीलाई उपचारका लागि धुलिखेल अस्पताल लगिएकोमा उपचारको क्रममा दिउँसो २ बजेर ३० मिनेटको समयमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, धादिङ जिल्लाको थाक्रे गाउँपालिका–२, महादेववेशीमा एक जना पुरुष मृत फेला परेका छन् । मंगलबार प्रतिक्षालयमा हाल नामथर नखुलेको अन्दाजी ४५ वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जानकारी दिएको छ