हेटौँडाः हेटौँडा–१ स्थित आधुनिक कृषि सहकारी संस्था लिमिटेड र हेटौँडा–२ स्थित नमूना प्रगति बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सेयर सदस्यलाई जैविक मल तथा जैविक विषादी बनाउने तालिम दिएको छ ।
हेटौँडा–१७, हटियास्थित किसान दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको सभाकक्षमा आयोजित तालिममा ४६ जनाको सहभागिता रहेको थियो । गत मंगलबार र बुधबार दुईदिन आयोजित तालिममा ध्रुब बहादुर भुजेल र बद्रि प्रसाद भण्डारीले सहजीकरण गर्नुभएको थियो । तालिमको उद्घाटन कार्यक्रम वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यमा भएको हो । तालिम उद्घाटन कार्यक्रममा आधुनिक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष पुष्पराम थापा र नमूना प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मिठाराम दाहालको पनि उपस्थिति रहेको थियो ।