हेटौँडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–१, झ्याङटार बुर्जडाँडा खोल्सामा एक पुरुषको कंकाल फेला परेको छ । शुक्रबार दिउँसो १२ बजेको समयमा स्थानीयले पानीको मुहान खोज्दै जाने क्रममा कंकाल फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

कंकाल नजिकै निलो रङ्गको ज्याकेट र भेन्टा रङ्गको कुहिएको टिसर्ट भेटिएको थियो । कंकालदेखि अन्दाजी १८ फिट तल खप्पर फेला परेको छ । मुचुल्का पश्चात कंकाल इलाका प्रहरी कार्यालय मनहरी लगी अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।