हेटौंडाः नेपाल तेक्वान्दो संघ मकवानपुरद्वारा आयोजित आन्तरिक प्रशासनिक प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला तेक्वान्दो कार्यसमितिका अध्यक्ष लालकाजीरत्न बज्राचार्यको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा नेपाल तेक्वान्दो संघका महासचिव दीपराज गुरुङ, केन्द्रीय कोषाध्यक्ष कासिम मिया, प्रदेश अध्यक्ष केशब पुरी, हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष रवीन्द्र घिमिरेको विशिष्ट आतिथ्य थियो । यस्तै, तेक्वान्दो प्रशिक्षक राजेश प्रजापति, बागमती प्रदेश सचिव उमेश नकर्मी, मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख माधब कोइरालालगायतको आतिथ्य थियो ।