हेटौँडाः धादिङ जिल्लाको थाक्रे गाउँपालिका–७, आठकिल्लामा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी जिल्लाको धरान उपमहानगरपालिका–१७ बस्ने २३ वर्षीय सुदेश सुनुवार रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बिहीबार पृथ्वी राजमार्गमा पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग १ ख ९८६८ नम्बरको बसले सुनुवारलाई ठक्कर दिँदा घाइते भएका थिए । घाइते सुनुवारलाई उपचारका लागि अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । बस चालक स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिका–६ का २४ वर्षीय सोम बहादुर जिटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।