नगरप्रमु्ख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ (बायाँ) प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरी (दायाँ) । फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले तयार पारेको आवधिक योजनाको खाका सार्वजनिक गरेको छ । हेटौँडा उपमहानगरपालिकाको सभाहलमा आज बिहान नगर प्रमुख मीना कुमारी लामा, उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत रामबाबु पुरीको उपस्थिति आवधिक योजना सार्वजनिक गरिएको हो ।

आगामी आर्थिक वर्ष २०८१/८२ देखि आर्थिक वर्ष २०८५/८६ सम्मका लागि तयार पारिएको पञ्चवर्षीय योजनाले नगरवासीको औषत आयु ६८ बर्षबाट ८५ बर्ष पु¥याउने लक्ष्य लिएको छ । आवधिक योजनामा ४४ वटा गौरवका योजना समावेश गरिएको छ । पञ्चवर्षीय आवधिक योजनाका लागि ६ अर्ब ५६ करोड बजेट अनुमान गरिएको छ ।

आवधिक योजनाका लागि आन्तरिक, राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक स्रोत समेत निश्चित गरिएको छ । आवधिक योजना प्रस्तुती कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि, उद्योग, शिक्षा, महिला, सञ्चारलगायतका क्षेत्रका प्रतिनिधिले सुझाव दिएका थिए ।