वीरेन्द्र बज्राचार्यलाई सम्मान गर्नुहुँँदै नगरप्रमुख मीना कुमारी लामा ।

हेटौँडाः टोल विकास संस्था नगर समन्वय समिति हेटौँडा उपमहानगरपालिकाले सचेतनामूलक साइकल र्याली तथा सम्मान कार्यक्रम गरेको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजना गरिएको सप्ताहव्यापी कार्यक्रम तथा विश्व साइकल दिवसको समेत सन्दर्भ पारेर सोमबार साइकल र्याली तथा सम्मान कार्यक्रम गरिएको हो ।

लामो समयदेखि साइक्लिङ क्षेत्रको माध्यमले वातावरण संरक्षण तथा सम्वद्र्धनमा पुर्याएको योग्दानको कदर गर्दै वीरेन्द्र बज्राचार्य, राजीव खड्गी र लक्ष्मीचरण श्रेष्ठलाई सम्मान गरिएको छ । टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुब अधिकारीको सभाध्यक्षमा तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

सम्मानअघि हेटौँडा–४ हुप्रचौरबाट सुरु भएको सचेतनामूलक साइकल र्याली चौघडा, कमाने हुँदै हेटौँडा उपमहानगरपालिकाको कार्यालय परिसर पुगेको थियो । हेटौँडा राईडर्स क्लबको समन्वय, हेटौँडा उपमहानगरपालिका र ४ नम्बर वडा कार्यालयको सहयोगमा साइकल र्याली भएको हो । साइकल र्यालीमा हेटौँडा उपमहानगरपालिकाको वातावरण महाशाखा प्रमुख सत्यदेवी अधिकारी, मकवानपुर जिल्ला साईक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठ, हिमालय राईडर्स सोसाईटीका अध्यक्ष राम कुमार श्रेष्ठ र राईडर्स क्लब हेटौँडाका अध्यक्ष विकास ताम्राकारको उपस्थिति रहेको थियो ।