हेटौँडाः नेकपा एमालेको जारी १२ औं अधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचन प्रक्रियाको मतगणना कार्य जारी छ । हेटौँडा–४ स्थित भुवनेश्वर पशुपति मन्दिरको सभाहलमा भइरहेको मतगणनाअनुसार अध्यक्षमा श्रीधर पोखरेल, उपाध्यक्षमा हिदम लामा, सचिवमा सीता विष्टको अग्रता रहेको छ ।
७६५ मत खसेकोमा ३ सय मत गणना गर्दा अध्यक्षका उम्मेदवार श्रीधर पोखरेल १ सय १९ मतसहित अगाडि रहँदा ९२ मतसहित ईन्द्रमान स्याङ्तान दोस्रो स्थानमा हुनुहुन्छ । अध्यक्षका आकांक्षी लालबहादुर थापाले ८९ मत पाउँदा देवराज रिमालले ६ मत मात्रै पाउनुभएको छ । यस्तै उपाध्यक्षमा हिदम लामा २०० मतसहित अगाडि रहनुहुँदा दोस्रो स्थानमा ७० मतसहित सुनिल मोक्तान हुनुहुन्छ । उपाध्यक्षका अर्का आकांक्षाी भरत दुलालले १३ मत पाउनभुएको छ भने ध्रुव चौलागाईले ९ मत पाउनुभएको छ । सचिवमा सीता बिष्टले १ सय २५ मत पाएर अगाडि हुनुहुन्छ भने अर्का आकांक्षी मदन दाहालले ९५ र राजन थापाले ६३ मत पाउनुभएको छ ।
उपसचिव खुलातर्फ फुर्वा दोर्जे लामा ९४ मतसहित अगाडि हुनुहुन्छ भने दिपक खड्काले ६६ मत, ईन्द्रप्रसाद नेपालले ५३ मत, कृष्ण प्रसाद चौलागाईंले ३९ मत र खेम जर्गा मगरले ३५ मत पाउनुभएको छ । उपसचिव महिलातर्फ आरती पाठक ८६ मतसहित अगाडि हुनुहुन्छ भने कल्पना बलामी ६७ मत, जुना दाहाल ६५ मत र पार्वती राना ६१ मत पाउनुभएको छ । ५ पदाधिकारीसहित १ सय ५ सदस्यीय जिल्ला कमिटी चयनका लागि आइतबार मतदान भएको थियो । मतगणनाको अन्तिम नतिजा सोमबार नै सार्वजनिक गर्ने तयारी निर्वाचन कमिटीको छ ।