हेटौँडाः नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मकवानपुर जिल्ला समन्वय समितिको संयोजकमा बेलप्रसाद खतिवडा चयन हुनुभएको छ । केन्द्रीय समितिले सोमबार हेटौँडा–४ स्थित थर्डआई एजुकेशनल सेन्टरका सञ्चालक खतिवडाको संयोजकत्वमा ३ सदस्यीय जिल्ला समन्वय समिति गठन गरेको हो ।
समितिको सदस्यमा नेम इन्स्टिच्युट एण्ड कन्सल्टेन्सीका सञ्चालक किशोर अर्याल र राइटपाथ क्यारियर काउन्सेलिङका सञ्चालक मनिष अधिकारीलाई नियुक्त गरिएको छ । जिल्ला समन्वय समितिका संयोजक र सदस्यलाई केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले काठमाडौंमा प्रमाणपत्र वितरण गर्नुहुँदै सपथ समेत गराउनुभएको छ । इक्यान मकवानपुरमा १६ जना सदस्य छन् । खतिवडाको संयोजकत्वमा ६ महिनाभित्र जिल्ला सम्मेलन गर्नुपर्ने निर्देशन केन्द्रले दिएको छ । मकवानपुर जिल्लामा शैक्षिक परामर्श सेवा प्रदान गर्ने ३० भन्दा बढी संस्था सञ्चालनमा छन् ।