विद्यार्थीलाई पोशाक वितरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडा–४ स्थित एआर मार्ट प्रालिले वार्षिकोत्सवको अवसरमा विद्यार्थीलाई पोशाक वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच मकवानपुरको बकैया गाउँपालिका–५ स्थित किसान जागरुक सिद्धार्थ प्राविमा अध्ययनरत ९० जना विद्यार्थीलाई विद्यालय पोशाक वितरण गरिएको मार्टका सञ्चालक समिन ढुङ्गानाले जानकारी दिनुभयो ।

१ कक्षादेखि ५ कक्षासम्म अध्ययनरत ९० जना विद्यार्थीलाई पोशाक वितरण गरिएको हो । पोशाक वितरण कार्यक्रममा एआर ग्रुपका अध्यक्ष असीमराज ढुङ्गानाको अध्यक्षता तथा बकैया–५ का वडाध्यक्ष लक्ष्मी लोप्चनको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा विद्यालय व्यवस्थापक समितिका अध्यक्ष अर्जुन खड्का, विद्यालयका प्रधानाध्यापक विदुर खतिवडाको पनि उपस्थिति रहेको थियो ।

२०७८ जेठबाट सञ्चालनमा आएको मार्टले सञ्चालनको सुुरुवातमै कोभिड–१९ लक्षित विभिन्न सामाजिक कार्यमा गर्दै आएको थियो । मार्टले वडा प्रहरी कार्यालयलाई मास्क वितरण तथा हेटौँडा अस्पतालका विरामीका कुरुवाहरुलाई खाजा वितरण समेत गरेको ढुङ्गानाले बताउनुभयो । गत वर्ष मार्टले रोट्र्याक्ट क्लब अफ हेटौँडासँगको सहकार्यमा विद्यार्थीलाई व्याग वितरण तथा रक्तदान कार्यक्रम गरेको ढुङ्गानाले बताउनुभयो ।