हेटौँडाः १७ औँ गणतन्त्र दिवसको अवसरमा योङ्ग कम्युनिष्ट लिग (वाईसीएस) हेटौँडा उपमहानगर कमिटीले सहीद परिवारलाई सम्मान गरेको छ । मंगलबार बिहान दोसल्ला ओढाएर नगद ३ हजार रुपैयाँसहित ४ परिवारलाई सम्मान गरिएको वाईसीएस हेटौँडा उपमहानगर कमिटीका अध्यक्ष मदन उप्रेतीले जानकारी दिनुभयो ।
उपमहानगर अध्यक्ष उप्रेतीको अध्यक्षता तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला ईन्चार्ज बिजय गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा माओवादी केन्द्रको मकवानपुर जिल्ला संयोजक भिम पाख्रिन, प्रदेश सदस्य बिबेक राई, हेटौँडा उपमहानगर कमिटी अध्यक्ष तीर्थ थापा मगर, वाईसीएल जिल्ला संयोजक लवराज ठकुरी, जिल्ला सचिव मुक्ति लामाको पनि आतिथ्य रहेको थियो ।