हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१३ मा बसोबास गर्ने केशव मुडभरीको आँखाको नानी संकलन गरिएको छ । दुर्घटनाका कारण मुत्यु भएका मुडभरीको बिहीबार हेटौंडा सामुदायिक आँखा अस्पतालमा आँखाको नानी संकलन गरिएको हेटौंडा सामुदायिक आँखा अस्पतालले जनाएको छ ।

स्वर्गीय मुडभरीको परिवारको इच्छाअनुसार आँखा दान गरिएको हो । ४१ वर्षीय मुडभरीको बुधबार हेटौंडा–सिन्धुली सडकअन्तर्गत् मकवानपुरको बागमती गाउँपालिका–४, चाँदेपुलमा स्कुटर र ट्याक्टर आपसमा ठोक्किँदा मृत्यु भएको हो । दुर्घटनामा परी गम्भीर घाइते भएका मुडभरीको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो ।

मुडभरी विद्यालय सञ्चालक, स्टेशनरी व्यवसायीसमेत हुनुहुन्थ्यो भने आँखा स्वास्थ्यसम्बन्धी कार्यक्रमको समन्वय गर्दै आइरहनु भएको थियो । हेटौंडा सामुदायिक आँखा अस्पतालले हालसम्म २२ वटा आँखाको नानी संकलन गरिसकेको छ । संकलित आँखाको नानी आवश्यक भएको व्यक्ति, नानीमा समस्या भएर दृष्टिबिहीन भएका व्यक्तिलाई वितरण गर्ने गरिन्छ ।