हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको कार्यपालिका बैठक आज शुक्रवार बस्दै छ । बैठक दिउँसो १ बजे बस्ने छ ।
उपमहानगरपालिकाको कार्य तालिकाअनुसार बैठक बस्न भने सकेको छैन । उपमहानगरपालिकाले हरेक महिनाको २ र १६ गते नियमित कार्यपालिका बैठक बस्ने कार्य तालिका बनाएको छ । तर उपमहानगरपालिले कार्य तालिका अनुसार बैठक बस्न सकेको छैन ।
कार्य तालिका अनुसार २ गते बस्ने भनिएको बैठक कार्य व्यस्तताको कारण बस्न नसकिएको १ नम्बर वडा अध्यक्ष एवम् प्रवक्ता सविन न्यौपानेले जानकारी गराउनुभयो । आज बस्ने कार्यपालिका बैठकमा नगरसभाको बारेमा छलफल हुनेछ ।