सम्मेलनको उद्घाटन गर्नुु हुँदै बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान

हेटौंडाः बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तानले मानिसहरु आर्थिकरुपमा सक्षम नभएकाले समाजमा पिल्सनु परेको बताउनुभएको छ । बुधबार अखिल नेपाल व्युटिसिएन श्रमिक संघ जिल्ला कमिटी मकवानपुरको प्रथम सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले आर्थिक पाटोमा सक्षम नहुँदा यो समाजमा महिलाहरु पिल्सनुपर्ने, समाजमा अपहेलना हुने, आर्थिकरुपमा पछाडि पर्नुपर्ने कारणहरु थुप्रै भएको बताउनुभयो ।

सामन्तवादी संस्कार अहिले पनि सबैमा भएका कारण घरपरिवारमा भएकाले अरुलाई नराम्रो देखाउन नहुने उहाँले बताउनुभयो । यस्तो सामन्तवादी संस्कार श्रृजना भएको कारण महिलाहरुले पुरुषले पाउनेजस्तो ज्याला नपाउने गरेको उहाँको भनाइ छ । लोकतन्त्रवादी संस्कारको निर्माण भएका कारणमानिसहरु आफ्नो हिसाबले बोल्न, हिँडन पाउने अवस्थाको सिर्जना भएको उहाँले बताउनुभयो ।

व्युटिसिएन क्षेत्रमा आवद्ध महिलाहरुले सिंगारपटार गरेर राम्रो बनाउन भन्दा पनि सकारात्मक पाटोतिर लैजाने काम गर्नुपर्ने उहाँले बताउनुभयो । श्रमिकहरुले व्यावसायिकरुपमा काम गर्नका लागि पेशागत हिसाबले आफू दक्ष भएपछि एउटा काममा मात्र सीमित नभएर व्युटिसिएन क्षेत्रको सबै काममा पोख्त हुनुपर्ने उहाँले बताउनुभयो । पहिलाको समयमा महिलाहरुले आफ्नो सिंगार गर्ने सामग्रीहरु खरिद गर्नका लागि घरपरिवारबाट लुक्नुपर्ने, मुख छोप्नुपर्ने अवस्था रहेको बताउनुहुँदै अहिलेको समयमा यस्तो संस्कृति नभएको उहाँले बताउनुभयो ।

पहिला नकारात्मक संस्कृतिको कारण महिलाहरुले धेरै पीडा भोग्नुपरेको कुरालाई मूल्यांकन गरेर समाजमा विकृति फैलाउने, समाजका नकारात्मक प्रचार गर्ने र नकारात्मक सन्देश प्रवा गर्ने काम भए पनि अब संगठनको माध्यमले मानिसहरुमा राम्रो कामको सन्देश फैलाउनुपर्ने उहाँले बताउनुभयो । आर्थिकरुपमा सक्षम बन्नका लागि उत्पादनसँग जोड्न सक्नुपर्ने र आर्थिक लाभ लिनुपर्ने उहाँको भनाइ छ । व्युटीपार्लरको क्षेत्रमा अरुभन्दा बढी मात्रामा आर्थिक लाभ लिन सक्ने र आर्थिक पाटो पनि मजबुत हुने उहाँले दावी गर्नुभएको छ ।

पेशागतरुपमा धेरै कुराहरु सिक्नका लागि तालिम प्राप्त गरेर प्रमाणपत्र लिन आवश्यक रहेको उहाँले बताउनुभयो । विभिन्न क्षेत्रको आफ्नै छुट्टै प्रकारको महत्व हुने भएकाले हरेक क्षेत्रमा तालिम लिएका मानिसहरुले प्रमाणपत्र लिन जरुरी रहेको उहाँको भनाइ छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले जनसुकै सीप सिकेपनि परीक्षामा सहभागी हुने वातावरण मिलाउने उहाँले बताउनुभयो ।
महिलाहरुसँग सीप, दक्षता र क्षमता नभएमा कुनैपनि ठाउँमा टिक्न नसकिने बताउनुहुँदै पैतृक सम्पत्ति नहुँदा उद्यमशील बन्न समस्या हुने उहाँले बताउनुभयो । २०७२ सालको संविधानले पैतृक सम्पत्तिमा महिला र पुरुषको बराबरी अधिकार भएको उहाँले बताउनुभयो ।

बागमती प्रदेश सरकारले सीप विकास तालिम केन्द्र र युवा परिष्दबाट व्युटीपार्लरसँगै धेरै तालिमहरु दिइहरेको उहाँले बताउनुभयो । यसवर्ष ५ हजार जना युवाहरुलाई स्वरोजगार बनाउनका लागि तालिम दिइहरेको बताउनुभयो । प्रदेशले आयोजना गरेको तालिमले व्यावसायिक बनाउन र आयआर्जनको क्षमता विकास गर्नसक्ने वातावरण सिर्जना गर्न मद्दत पु¥याउने उहाँको भनाइ छ । महिलाहरुले अरुकोमा काम गर्नुभन्दा आफैं गर्छु भन्ने सक्षमता बनाउन जरुरी रहेको उहाँले बताउनुभयो । आफू आत्मनिर्भर बन्नसक्ने काममा लाग्नुपर्ने बताउनुभयो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले श्रमले संसारको सृष्टि गर्ने भएकाले सबै मानिसले श्रमिकको सम्मान गर्नुपर्ने बताउनुभएको छ । मानिसहरुले आफ्नो पेसामा पोख्त भएर गरेको श्रमको आधारमा पैसा लिनुपर्ने उहाँको भनाइ छ ।

व्युटिसिएन श्रमिक संघका केन्द्रीय अध्यक्ष सविता आचार्यले व्युटिसिएन क्षेत्रमा आवाज उठाउँदा महिलालाई कसरी अगाडि बढाउन सकिन्छ, कसरी क्षमतावान बनाउन सकिन्छ, कसरी अग्रज बनाउन सकिन्छ भन्ने कुरामा लाग्नुपर्ने बताउनुभएको छ । राज्यले व्युटिसिएन क्षेत्रलाई सौन्दर्य चिकित्सा क्षेत्रको रुपमा घोषणा गर्नुपर्ने उहाँले बताउनुभयो । महिलाहरुले हरेक समस्यालाई न्यूनीकरण गर्दै अगाडि बढ्नुपर्ने उहाँको भनाइ छ ।

नेपालको विभिन्न ठाउँमा व्युटिसिएनको संगठन बनाउने कार्यमा लागेको बताउनुभयो । संघले कुनैपनि मानिसहरुमा विभेद नगरिकन सबैलाई सम्मान गर्ने गरेको बताउनुभयो । सबै मानिसहरुले आफूले सिकेको सीप राम्ररी प्रयोग गरेमा सबैबाट सम्मान पाउने उहाँले बताउनुभयो । आफ्नो क्षमताको आधारमा स्वदेशमै काम गर्नुपर्ने उहाँको भनाइ छ । कमिटीमा भएका मानिसहरुलाई स्वास्थ्य बिमा गर्ने कामको पहल थाल्न उहाँले आग्रह गर्नुभयो ।

नेकपा माओवादीका केन्द्रीय सदस्य प्रमिला लामाले व्युटिसिएन क्षेत्रमा दक्ष जनशक्ति बनेकाले कुनै पनि देशमा गएर जीविकोपार्जन गर्नसक्ने बताउनुभएको छ । धेरैजसो देशका मानिसहरुले व्युटिसिएन सीपको माध्यमले आफ्नो घर चलाइहरको उहाँले बताउनुभयो । आउने पुस्ताहरुको निमित्त व्युटिसिएन सीप आवश्यक रहेको उहाँले औंल्याउनुभयो ।