हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको छ । कार्यक्रमको लागि सिन्धुलीमा पुग्नुभएका मुख्यमन्त्री जम्कट्टेल बिरामी हुनुभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।
उहाँको न्यून रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएकोले सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ लागिएको हो । सेनाको हेलिकोप्टरले उहाँलाई काठमाडौँ लगेर नर्भिक अस्पतालमा उपचार भइरहेको छ । त्यसअघि उहाँको स्थानीय अस्पतालमा प्राथमिक उपचार भएको थियो तर समस्या जटिल भए पछि मुख्यमन्त्री जम्कट्टेललाई काठमाडौँ लगिएको हो ।