Home मुख्य समाचार श्वासप्रश्वासमा समस्या देखिएपछि मुख्यमन्त्री जम्कट्टेललाई हेलिकोप्टर मार्फत काठमाडौँ लगियो

श्वासप्रश्वासमा समस्या देखिएपछि मुख्यमन्त्री जम्कट्टेललाई हेलिकोप्टर मार्फत काठमाडौँ लगियो

हेटौँडाः बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई श्वासप्रश्वासमा समस्या देखिएपछि हेलिकोप्टर मार्फत काठमाडौँ लगिएको छ । कार्यक्रमको लागि सिन्धुलीमा पुग्नुभएका मुख्यमन्त्री जम्कट्टेल बिरामी हुनुभएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएको छ ।

उहाँको न्यून रक्तचाप र श्वासप्रश्वाससम्बन्धी समस्या देखिएकोले सेनाको हेलिकोप्टर मार्फत काठमाडौँ लागिएको हो । सेनाको हेलिकोप्टरले उहाँलाई काठमाडौँ लगेर नर्भिक अस्पतालमा उपचार भइरहेको छ । त्यसअघि उहाँको स्थानीय अस्पतालमा प्राथमिक उपचार भएको थियो तर समस्या जटिल भए पछि मुख्यमन्त्री जम्कट्टेललाई काठमाडौँ लगिएको हो ।

Exit mobile version