हेटौँडाः पर्सा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको गस्ती टोलीले अवैध लागुऔषध गाँजासहित ३ जनालाई मनहरी गाउँपालिका–७, माइङ्ग्राखोलाबाट नियन्त्रणमा लिएको छ ।

सोमबार दिउँसो २ बजेको समयमा सेनाले ३६ केजी गाँजासहित मकवानपुरको कैलाश गाउँपालिका–३ का २३ बर्षीय राजेन्द्र घिसिङ, कैलाश–४ का २७ बर्षीय विवेक प्रजा र हेटौँडा–१८ का २२ वर्षीय उत्तम पाख्रिनलाई सेनाले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय मनहरीको जिम्मा लगाएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।