भुजेल र गिरीलाई सम्मानपछि खिचिएको तस्वीर ।

हेटौँडाः मदन भण्डारी फाउण्डेसन मकवानपुरले कम्युनिष्ट नेता ज्ञानबहादुर भुजेल र सेवानिवृत्त सहप्राध्यापक युवराज गिरीलाई सम्मान गरेको छ । फाउण्डेसनले भुजेल र गिरीलाई श्रीचन्द्र शर्मा स्मृति सम्मान प्रदान गरेको हो । १५ हजार पाँच सय ५५ रुपैया राशिसहित भुजेल र गिरीलाई सम्मानपत्र प्रदान गरिएको छ ।

हेटौँडामा बिहिबार एक कार्यक्रमका बीच बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले भुजेल र गिरीलाई सम्मानपत्र प्रदान गर्नुभयो । फाउण्डेसनका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा भुजेलले नेपाली राजनीतिमा पु¥याउनुभएको योगदानको सम्मान गरेको उल्लेख गरिएको छ भने गिरीले मकवानपुर जिल्लाको उच्च शिक्षाको विकासमा पु¥याउनुभएको योगदानको सम्मान गरेको उल्लेख गरिएको छ ।