हेटौँडाः बागमती प्रदेश सरकारको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको हेटौँडा अस्पतालको टिकट काउन्टरमा बिहिबार दिउँसो सेवाग्राहीको भीड । पछिल्लो समय हेटौँडा अस्पतालमा सेवाग्राहीको चाप बढेको छ । अहिले दैनिक एक हजार भन्दा बढीले ओपीडी सेवा लिने गरेका छन् । सेवाग्राहीको चापअनुसार सेवा, सुविधा विस्तारमा भने अस्पतालले ध्यान दिन सकेको छ ।

पछिल्लो समय रेडियोलोजिस्ट र अन्य विशेषज्ञ चिकित्सकले निजी स्वास्थ्य संस्थामा सेवा प्रदान गर्दा लिने शूल्कमा वृद्धि गरेसँगै सरकारी अस्पतालमा सेवाग्राहीको चाप बढ्ने अवस्था छ । जिल्लाका अन्य स्वास्थ्य संस्थाको स्तरोन्नति नहुनुले पनि हेटौँडा अस्पतालमा सेवाग्राहीको चाप बढेको छ ।