इक्यानको सदस्यता प्रमाणपत्र वितरणपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः नेपाल शैक्षिक परामर्श संघ (इक्यान) मा आवद्ध मकवानपुरका परामर्शदाता संस्थालाई सदस्यताको प्रमाणपत्र वितरण गरिएको छ । केन्द्रीय समितिका पदाधिकारीको उपस्थितिमा शनिबार हेटौँडामा एक समारोहका बीच १६ वटा संस्थालाई प्रमाणपत्र वितरण गरिएको हो ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) केन्द्रीय समितिको आयोजनामा भएको कार्यक्रममा केन्द्रीय अध्यक्ष शेषराज भट्टराई, केन्द्रीय समितिका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे, केन्द्रीय महासचिव दीपक राज भुसाल, केन्द्रिय सचिव भवनाथ हुमागाईं, केन्द्रिय सदस्य तथा शाखा संयोजन विभागका प्रमुख मञ्जित ढकाल, चितवन शाखाका निवर्तमान अध्यक्ष समुन्द्र अर्यालको उपस्थिति रहेको थियो ।

उच्च शिक्षा अध्ययन तथा रोजगारीका लागि संसारका विभिन्न देश जान चाहनेलाई परामर्शदाता संस्थाले आवश्यक सहजीकरण गर्दै आएको छ । विशेषगरी युवा तथा विद्यार्थी वर्ग विदेशिने क्रम तीव्र भइरहँदा शैक्षिक परामर्शदाता संस्था सञ्चालन गरी व्यावसायिक लाभ हासिल गर्ने अपेक्षासहित संस्था सञ्चालन गर्ने क्रम बढ्दो छ ।