हेटौंडाः चैत महिनामा दुई सय ८४ जनाले रक्तदान गरेका छन् । चैत महिनामा दुई सय ८४ जनाले विभिन्न संघसंस्थाले गरेको रक्तदान कार्यक्रममा सहभागी भएका तथा रक्तसञ्चार केन्द्रमा नै गएर रक्तदान गरेका हुन् ।
चैत महिनामा ६३ जना महिला र २ सय २१ जना पुरुषले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । हेटौंडा–१ स्थित रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम गर्दै आएका छन् । चैत महिनामा ८ वटा संस्थाले रक्तदान कार्यक्रम आयोजना गरेका थिए ।
चैत महिनाको २ गते निजगढस्थित श्रीकृष्ण प्रणामी सेवा समितिको आयोजनामा ६३ जनाले रक्तदान गरेका थिए । यस्तै, ९ गते मकवानपुरगढी–३ स्थित जागरण बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा २२ जनाले रक्तदान गरेका थिए । चैत १० गते हेटौंडा–१६ स्थित निलगिरी बाल समूहको आयोजनामा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका थिए ।
यस्तै, चैत १४ गते राउण्ड टेबल नेपाल हेटौँंडाको आयोजनामा १९ जनाले रक्तदान गरेका थिए भने १५ गते मकवानपुर संयुक्त इसाई समुदाय हेटौंडाको आयोजनामा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए । १६ गते हेटौंडा– १८ स्थित संयुक्त इसाई समूहबाट ३७ जनाले रक्तदान गरेका थिए । यस्तै, चैत १८ गते इन्द्रसरोवर इसाई समाज मकवानपुरको आयोजनामा भएको कार्यक्रममा ३८ जनाले रक्तदान गरेका र २२ गते जनचेतना बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा भएको कार्र्यक्रममा १३ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।
चैत महिनामा ३० जनाले केन्द्रमै आएर रक्तदान गरेको प्राविधिक सापकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रले संकलन गरेका रगत धेरैजसो हेटौंडा अस्पतालमा वितरण हुने गरेका छ । रक्तसञ्चार केन्द्रमा दैनिक ३–४ जना ब्लडगु्रप जाँच गर्न आउने गरेको उहाँले बताउनुभयो । आज शनिबार पशुपति मन्दिर र बुद्धचोक गरी दुई ठाउँमा रक्तदान कार्यक्रम हुने उहाँले बताउनुभयो ।