हेटौँडाः रोटरी क्लब अफ मकवानपुरले मंगलबार हेटौँडा–४, हुप्रचौरस्थित अटिजम सेन्टरमा ५० हजार रुपैयाँ बराबरको ट्रेम्पलिन खेल सामग्री हस्तान्तरण गरेको छ । २४ जना विद्यार्थी रहेको अटिजम सेन्टरमा एक कार्यक्रमबीच सामग्री हस्तान्तरण गरिएको हो ।
रोटरी क्लव अफ मकवानपुर अध्यक्ष अञ्जनीकुमार पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लब अफ धुलिखेलका बर्ष २०१४/१५ का अध्यक्ष रन्जित श्रेष्ठको विशेष आतिथ्य रहेको थियो । कार्यक्रममा रोटरी क्लव अफ पशुपति काठमाडौंका निवर्तमान अध्यक्ष भुवन सिंह कुँवर, मकवानपुर उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष जिवनकाजु मकाजु , रोटरी क्लव अफ मकवानपुरका निर्वाचित अध्यक्ष अनिल अग्रवाल, महासचिव मनोज ढोडारी, कोषाध्यक्ष पवन तिमिल्सिना, अटिजम सेन्टरका सन्चालक उमा पौडेल, निश्ला श्रेष्ठ लगायतको उपस्थिति थियो ।
कार्यक्रममा रोटरी क्लब अफ मकवानपुरका अध्यक्ष अन्जनी कुमार पराजुलीले अटिजम जस्तो संवेदनशील क्षेत्रमा यसरी सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । कार्यक्रममा अटिजम सेन्टरकी सन्चालक उमा पौडेलको पनि कार्यक्रमा उपस्थिति रहेको थियो ।