हेटौँडाः हेटौँडा उपमहानगरपालिकाको मेयर कप फुटबल प्रतियोगिताअन्तर्गत आज आइतबारका खेल भोलि सोमबार हुने भएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा भइरहेको अन्तरप्रदेश खेलकुद प्रतियोगिताको आज आइतबार समापन कार्यक्रमका कारण मेयर कप फुटबलअन्तर्गत आज हुने खेलहरु भोलिका लागि सार्ने निर्णय गरिएको बताइएको छ ।
नगर खेलकुद विकास समितिका अध्यक्ष रविन्द्रप्रसाद घिमिरेले चैत ३० गतेकै मितिमा खेल सार्ने निर्णय भएको पत्र आइतबार बिहान सार्वजनिक गर्नुभएको छ । आइतबार हुने दुई खेल सोमबारका लागि सारिएको छ भने सोमबारका खेल मंगलबार हुनेछ । प्रतियोगिताको फाइनल खेल बुधबार हुनेछ । प्रतियोगिता हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा भइरहेको छ ।
