हेटौँडाः विभिन्न घटनामा एकैदिन ६ जनाको मृत्यु भएको छ । नुवाकोट, चितवन, रामेछाप र सिन्धुलीमा एकै दिन ६ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । नुवाकोट जिल्लाको बिदुर नगरपालिका–७, तुप्चेमा एकजना वृद्ध मृत फेला परेका छन् । मृत फेला पर्नेमा ७५ वर्षीय तिलक प्रसाद नेपाल रहेको प्रहरीले जानकारी दिएको छ ।
नेपाल शुक्रबार बिहान ९ बजेको समयमा घरबाट निस्केकोमा शुक्रबार दिउँसो ३ बजेको समयमा तुप्चे त्रिशुली हाईड्रोपावरको ड्याम साईडको पानीमा मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशुली नुवाकोट लगिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–१९, ईमानसिंहचोकमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा ३६ वर्षीय संयोक गुरुङ रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार बिहान ११ बजेर ४५ मिनेटको समयमा गुरुङ आफ्नै घरमा कोठामा सुतेको स्थानमा मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।
चितवन जिल्लाको भरतपुर महानगरपालिका–२, पोखरा बसपार्कमा रहेको होटलको कोठामा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा भक्तपुर जिल्ला भक्तपुर–६, बस्ने ४० वर्षीय राजेन्द्र थाँ श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । श्रेष्ठ बिहीबार होटलमा आई कोठामा सुतेको र सरसफाई गर्न जाने व्यक्तिले बोलाउँदा नबोलेको कारण कोठा खोली हेर्दा सुतेको ठाउँमा नै मृत अवस्थामा फेला परेका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल लगिएको छ ।
रामेछाप जिल्लाको खाँडादेवि गाउँपालिका–४, रजगाउँमा एक जना वृद्धा मृत फेला परेकी छन् । मृत फेला पर्नेमा ७३ वर्षीया धनश्वरी माझी रहेको प्रहरीले जानकारी दिएको छ । माझी १५ घरबाट हिँडेकोमा शुक्रबार बिहान १० बजेको समयमा खाँडादेविको कुहिभिर सामुदायिक वनमा शरीरको पुरै भाग सडेको र कंकाल मात्र बाँकी रहेको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।
रामेछाप जिल्लाका गोकुलगंगा गाउँपालिका–२, डाँडागाउँमा बारमा अल्झिएर एक नाबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा पासाङ शेर्पाको छोरी २ वर्ष ५ महिनाकी पासाङ दिकी शेर्पा रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार आफ्नै घर अगाडि करेसाबारीमा लगाएको बारमा शेर्पाले लगाएको कपडाको टोपीको भाग अल्झिएर झुण्डिरहेको अवस्थामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका–६, सुंगुरेमा पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया महना श्रेष्ठ रहेको प्रहरीले जानकारी दिएको छ । शुक्रबार दिउँसो ४ बजेको समयमा खोलामा नुहाउने क्रममा नजिकै रहेको हिउँदे सिचाईका लागि पानी जम्मा गर्ने प्रयोजनार्थ खनिएको खाल्टोमा डुबी बेहोस भएकी थिइन् । श्रेष्ठलाई उपचारका लागि सुनकोशी सामुदायिक अस्पताल खुर्कोट लगिएकोमा शुक्रबार दिउँसो ३ बजेको समयमा डाक्टरले मृत घोषणा गरेको प्रहरीे जानकारी दिएको छ ।