हेटौँडाः हेटौँडा–२ स्थित मकवानपुर बहुमुखी क्याम्पसको प्रमुखमा डा. यम बहादुर सिलवाल नियुक्त हुनुभएको छ । शनिबार सञ्चालक समितिले डा. सिलवाललाई क्याम्पस प्रमुख नियुक्त गर्ने निर्णय गरेको हो ।
यसअघि डा. शंकरप्रसाद उपाध्यायको कार्यकाल सकिएपछि क्याम्पस सञ्चालक समितिले डा. सिलवाललाई प्रमुख नियुक्त गरेको हो । सिलवालले भारतको राजस्थानस्थित मेवार्ड विश्वविद्यालयबाट विद्यावारिधी उपाधि हासिल गर्नुभएको छ । मकवानपुर बहुमुखी क्याम्पसलाई बागमती प्रदेश सरकारले सार्वजनिक विश्वविद्यालय निर्माण गर्ने निर्णय गरेको छ । मकवानपुर बहुमुखी क्याम्पसमा करिब ६ हजार विद्यार्थी अध्ययनरत छन् ।