हेटौँडाः हेटौँडा–५ स्थित पिप्ले–पोखरा सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा पुनः खडानन्द चौलागाई चयन हुनुभएको छ । मंगलबार सम्पन्न २४औं अधिवेशनबाट चौलागाईको अध्यक्षतामा सर्वसम्मत १५ सदस्यीय समिति गठन भएको हो ।
समितिको उपाध्यक्षमा बद्रि प्रसाद लम्साल, सचिवमा शारदा अधिकारी, सह–सचिवमा ढलक भुजेल र कोषाध्यक्षमा रिता आचार्य चयन हुनुभएको छ । समितिमा ५० प्रतिशत महिलाको सहभागिता रहेको छ । नवनिर्वाचित समितिको कार्यकाल ४ वर्षको रहने छ । अधिवेशनको उद्घाटन समारोहमा वडाअध्यक्ष सुशील घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुका अध्यक्ष साधुराम चौलागाईको पनि उपस्थिति रहेको थियो ।