हेटौँडाः हेटौँडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक सञ्चालनमा आउने भएको छ । कुलेखानी, फाखेल, हुमाने, फर्पिङ्ग सडकखण्ड बुधबारबाट सञ्चालनमा आउने ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीले एक सुचना जारी गर्दै जानकारी दिनुभएको हो ।

उक्त सडक निर्माणका लागि इन्द्रसरोवर गाउँपालिकाले पुस १६ बाट सडक पूर्णरुपमा बन्द गरेको थियो । सडकमा आवतजावत गर्ने यात्रुहरुको समस्या, होटेल व्यवसायी र सडकलाई लक्षित गरी सञ्चालित अन्य व्यवसायीहरुलाई पर्न गएको असुविधालाई मध्यनजर गर्दै सडक सञ्चालनमा ल्याउन लागिएको जानकारी दिनुभयो । सडक खण्डमा सडक मर्मत, निर्माण तथा स्तरोन्नतिको कार्य चलिरहेको छ । गाउँपालिकाले सडक निर्माणको क्रममा विकल्प नै नदिई सडक बन्द गरेको भन्दै यातायात व्यवसायीले असन्तुष्टि समेत जनाएको थियो ।