गुगल तस्विर ।

हेटौँडाः दिन प्रतिदिन आत्महत्याको घटना बढ्दै गएको छ । मकवानपुर जिल्लामा माघ महिनामा ५ जना र फागुन १ गतेदेखि १० गतेसम्म ५ जनाले आत्महत्या गरेको प्रहरीले जानकारी दिएको छ । बुधबार र बिहीबार मात्रै सिन्धुली, काभ्रेपलाञ्चोक, धादिङ र मकवानपुरमा ५ जनाले आत्महत्या गरेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका–७, सानोपौवामा ३६ वर्षीया सोममाया थोकरले आत्महत्या गरेकी छन् । थोकर मंगलबार बिहान ८ बजेर ३० मिनेटको समयमा घरबाट कोही कसैलाई नसोधी हिँडेकोमा आफ्न्तले खोजी गर्दै जाँदा बुधबार बिहान १० बजेको समयमा धाराखोल्सी जंगलमा रुखमा झुण्डिएर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । धादिङ जिल्लाको धुनिवेशी नगरपालिका–१, डाँडाथोकमा १७ वर्षीया रिया बास्कोटाले आत्महत्या गरेकी छन् । बुधबार बिहान ८ बजेको समयमा बास्कोटाले आफ्नै २ तले कच्ची घरको भुँईतलाको आफु सुत्ने कोठामा रहेको झ्यालको पर्दा लगाउने हुकमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लाको रोशी गाउँपालिका–१२, चिप्लेटीमा ३६ वर्षीय नुजराज मगराति मगरले आत्महत्या गरेका छन् । बुधबार दिउँसो २ बजेको समयमा आफ्नै एक तल्ले घरकोकाठको दलिनमा नाम्लोको डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा मगर फेला परेको प्रहरीले जानकारी दिएको छ । मकवानपुरको बकैया गाउँपालिका–३, बकैयामा ५५ वर्षीय राजमान भम्जनले झुण्डिएर आत्महत्या गरेका छन् । भम्जन बुधबार बिहान ६ बजेर २० मिनेटको समयमा सोही स्थानमा रहेको पुलको रेलिङमा नाईल डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । मकवानपुरगढी गाउँपालिका–५, बुङदलकी ५६ वर्षीया चिनीमाया दोङले आत्महत्या गरेकी छन् । बिहीबार आफ्नै घर पछाडी पानी ट्याङ्की राख्ने काठको स्टेनमा झुण्डिएर मृत्यु भएको छ ।