हेटौँडाः नक्कली नेपाली नोटसहित प्रहरीले मनहरीका ४ जना युवालाई पक्राउ गरेको छ । शनिबार दिउँसो ४ बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मनहरी–८ बस्ने ३८ वर्षीय लोकेन्द्र मोक्तान, २९ वर्षीय बुद्ध लामा, २५ वर्षीय सुवास मोक्तान र मनहरी–९ का २२ वर्षीय ओनिश अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । उनीहरुले मनहरी–६, खयरघारीस्थित हरियाली रेष्टुरेण्टमा खाजा खाई एक हजार दरका २४ थान नक्कली नोट दिई भागेका थिए ।
फरार भएका उनीहरुलाई मनहरी बजारमा लुकीछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जानकारी दिएको छ ।