हेटौँडाः मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाले अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्ने विद्यालयलाई अनुदान दिने भएको छ । गाउँपालिकाको शिक्षा शाखाले हिजो बुधबार एक सूचना जारी गर्दै अंग्रेजी माध्यममा सञ्चालित विद्यालयलाई अनुदान रकम दावी गर्न भनेको छ ।

गाउँपालिकाको शिक्षा शाखा प्रमुख प्रदीप पराजुलीका अनुसार मनहरी गाउँपालिकामा ३ वटा विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन गरिरहेका छन् । अभिभावकमा अंग्रेजी माध्यमप्रति बढ्दो आकर्षणलाई पूरा गर्ने गरी विद्यालयले अंग्रेजी माध्यममा पठनपाठन सञ्चालन गर्न प्रोत्साहित गर्न अनुदान कार्यक्रम राखिएको पराजुलीको भनाइ छ । चालु आर्थिक वर्षमा पालिकाले ६ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।