हेटौँडाः मकवानपुरको भीमफेदी गाउँपालिका–९ स्थित देउराली सामुदायिक वन उपभोक्ता समुहको २० औँ साधारण भेलाले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार राजेन्द्र बर्तौलाको सभाध्यक्षता तथा भीमफेदी गाउँपालिकाका उपाध्यक्ष सञ्जीव श्रेष्ठको प्रमुख आतिथ्य रहेको थियो । साधारणसभाबाट वन समूहको अध्यक्षमा प्रकाश मैनाली निर्वाचित हुनुभएको छ ।
समूहको उपाध्यक्षमा मंसिर माया गोम्वा, सचिवमा अरूण बर्तौला, सहसचिवमा राजकुमार पुडासैनी, कोषाध्यक्षमा संगीता थापा, सदस्यमा गुणराज बर्तौला, पर्वत पुडासैनीसहित ११ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ । कार्यक्रममा सव–डिभिजन वन कार्यालय भैंसेका प्रमुख कुसुम नेपाल, भीमफेदी गाउँपालिका–९ का वडा अध्यक्ष प्रकाश पुडासैनी, वडा सदस्य एवम् भीमफेदी गाउँपालिकाको न्यायिक समितिका सदस्य उदय प्रसाद हटुवाल र वासुकी आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष राजकुमार पुडासैनी लगायतको उपस्थिति रहेको थियो ।