हेटौँडाः मकवानपुरको भिमफेदी गाउँपालिका–२, भैसेबाट प्रहरीले २० किलो लागुऔषध चरेससहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा थाहा नगरपालिका–८ देवीथान बस्ने १५ वर्षीय तेज बहादुर कालिराज रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
शुक्रबार बिहान ११ बजेर ३० मिनेटको समयमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको ना ८ ख ३५६१ नम्बरको यात्रुबाहक बसलाइ रोकी सुरक्षजाँच गर्दा बसमा सवार कालिराजको साथबाट २० किलो लागुऔषध चरेस फेला पारेको थियो । लागुऔषध चरेससहित कालिराजलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुर लगिएको प्रहरीले जानकारी दिएको छ