पूर्वविद्यार्थी समाज गठनपछि सामूहिक तस्वीर खिचाउँदै ।

हेटौँडाः हेटौँडा–५ स्थित सिद्धार्थ शिशु सदनमा पूर्वविद्यार्थी समाज गठन गरिएको छ । विद्यालयको ४४औं वार्षिकोत्सवको अवसरमा शनिबार भएको पूर्वविद्यार्थी भेलाले प्रदीप कँडेलको संयोजकत्वमा २१ सदस्यीय पूर्वविद्यार्थी समाज सर्वसम्मत समिति चयन गरेको छ । पछिल्लो समय संस्थागत र सामुदायिक विद्यालयमा पूर्वविद्यार्थीलाई संगठित गर्दै विद्यालयको शैक्षिक एवम् भौतिक विकासमा पूर्वविद्यार्थीसँग विद्यालयले सहकार्य गर्ने प्रयास गरिरहेको छ ।

पूर्वविद्यार्थी समाजको प्रथम सह–संयोजकमा अरुण पराजुली, द्वितीय सह–संयोजकमा हिमानी सुवेदी, सचिवमा सुवास ढुङ्गेल, सह–सचिवमा मनिष घिमिरे, कोषाध्यक्षमा सञ्जिव चौलागाई चयन हुनुभएको विद्यालयका शिक्षक सुन्दर लुईटेलले जानकारी दिनुभयो । कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सीपल निर्मल पराजुलीले गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका संस्थापक नवराज अर्याल र उपेन्द्र सुवेदीको पनि उपस्थिति रहेको थियो ।

पूर्वविद्यार्थीलाई विद्यालयसँग जोड्ने उद्देश्यले यो समाज गठन गरिएको विद्यालयका प्रिन्सीपल निर्मल पराजुलीले बताउनुभएको छ । कार्यक्रममा पूर्वविद्यार्थी अरुण कुमार पराजुलीले विद्यालय सहयोगी हिरामाया लामालाई प्रोत्साहनस्वरुप ५ हजार सहयोग समेत गर्नुभएको छ ।