काठमाडौंको न्युरोड टिम (एनआरटी) का खेलाडीहरु ।

हेटौँडाः हेटौँडामा जारी छैठौँ संस्करणको स्थानीय तह सहीद स्मृति मकवानपुर गोल्डकप फुटबल प्रतियोगितामा न्यू रोड टिम (एनआरटी) फाइनलमा प्रवेश गरेको छ । बुधबार हेटौँडा–६ स्थित गौरिटार रंगाशालामा भएको पहिलो सेमीफाइनल खेलमा एनआरटीले धनकुटाको राजारानी क्लबलाई पराजित गर्दै फाइनल प्रवेश गरेको हो ।

निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि भएको पेनाल्टी सुटआउटमा पनि उत्तिकै प्र्रतिस्पर्धा भएको थियो । दुइ टिमका १९/१९ जना खेलाडीले पेनाल्टी प्रहार गरेपछि मात्रै खेलको निर्णय निक्लिएको थियो । १९ औं पेनाल्टी प्रहारका क्रममा राजारानीका शिशिर लेखीको प्रहार एनआरटीका गोलरक्षक प्रिसोले रोकेपछि एनआरटीका मोहिन गुरुङले विजयी गोेल गरे । म्यान अफ द म्याच एनआरटीका प्रिसो घोषित भए । प्रिसोले ट्रफीसँगै नगद १० हजार रुपैयाँ पाए ।

दोस्र्रो सेमीफाइनल खेल बिहिबार सशस्त्र प्रहरीको एपीएफ र सर्लाहीको बागमती युुवा क्लबबीच हुनेछ ।