हेटौंडाः सहिद सप्ताहको चौथो दिन सहिद स्मारकमा रक्तदान कार्यक्रमको आयोजना भएको छ । सहिस स्मारक विकास समितिले सहिद दिवस सप्ताहमा विभिन्न कार्यक्रम गरि मनाउदै आएको छ ।
शनिबार भएको रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक तथा नेपाल रेडक्रस सोसाइटी ११ नम्बरका सचिव अन्जन पौडेलले जानकारी दिनुभयो । कार्यक्रमको पहिलो दिन १० गते बुद्ध, मायादेवी, इन्द्र तथा ब्रम्हाको प्रतिमासहितको पार्कको उद्घाटन गरिएको सहिद स्मारक विकास समितिका सचिव रघुनाथ खुलालले जानकारी दिनुभयो । माघ ११ गते कृषि हस्तकला तथा पर्यटकीय वस्तुहरुको प्रबद्र्धन मेलाको शुभारम्भ, विविध सास्कृतिक कार्यक्रम तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम, माघ १२ गते वडा स्तरिय नृत्य प्रतियोगिता भएका छन् ।
माघ १४ गते वडा स्तरिय वक्तृत्वकला प्रतियोगिता, माघ १५ गते राष्ट्रिय कलाकारहरुको सास्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण र शिक्षक खुल्ला दौड प्रतियोगिता तथा अन्तिक दिन माघ १६ गते प्रभातफेरी, सहिद प्रति सलामी, श्रीचन्द्र शर्मा स्मृति सम्मान पुरस्कार वितरण, प्रवचन तथा समापन कार्यक्रम हुने सचिव खुलालले जानकारी दिनुभयो ।