हेटौँडाः हेटौँडा–१५, रातोमाटेस्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रयस्थलमा आँखा शिविर भएको छ । हेटौँडा सामुदायिक आँखा अस्पतालसँगको सहकार्यमा ज्येष्ठ नागरिकहरुका लागि एकदिने आँखा शिविर आयोजना गरिएको हो ।
आश्रममा आश्रित ज्येष्ठ नागरिक र सेवाक्षेत्रका गरी ४७ जनाले आँखाको परीक्षण गरेका छन् । शिविरमा डा. पूर्णिमा गुरुङ र सहायक रोजिना गिरीले आँखा परीक्षण गर्नु भएको थियो । शिविरमा वृद्धाश्रमकी नर्स पूजा रग्ेमीले सहजीकरण गर्नु भएको थियो भने शिविरमा दिव्य सेवा निकेतनका केन्द्रीय अध्यक्ष तेजराम (टिआर) निरौला, जिल्ला अध्यक्ष यादव प्रसाद गजुरेल, उपाध्यक्ष शुभलक्ष्मी वाईबा, सदस्य हर्करत्न लामाको पनि उपस्थिति रहेको थियो । शिविर दिव्य सेवा निकेतन ज्येष्ठ नागरिकस्थलको स्वास्थ्य सेवा समितिको व्यवस्थापनमा सञ्चालन भएको स्वास्थ्य सेवा समितिका अध्यक्ष राजु अधिकारीले जानकारी दिनुभएको छ ।