रक्तदान गर्दै रक्तदाता ।

हेटौंडाः मकवानपुरको राक्सिराङ गाउँपालिका–३, सरिखेतमा आइतबार रक्तदान कार्यक्रम भएको छ । रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी सरिखेत उपशाखाको आयोजनामा भएको कार्यक्रममा १५ जना पुरुष र ६ जना महिलाले रक्तदान गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । उपशाखाको १९ औं साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम आयोजना भएको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुर जिल्ला सभापति लालबहादुर थापाको प्रमुख आतिथ्य रहेको थियो । नेपाल रेडक्रस सोसाइटी सरिखेतका सभापति चित्रबहादुर थिङको सभाध्यक्षतामा कार्यक्रम भएको हो । हेटौँडा औद्योगिक क्षेत्रस्थित सशस्त्र प्रहरी बलले मंगलबार रक्तदान कार्यक्रम आयोजना गर्दैछ । आगामी माघ १३ गते शनिबार दुई स्थानमा रक्तदान कार्यक्रम हुने बताइएको छ । शहीद स्मारक र घर जग्गा व्यवसायी संघद्वारा रक्तदान कार्यक्रम हुन लागेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक सापकोटाले जानकारी दिनुभयो ।