गुगल तस्विर ।

हेटौँडाः बनेपा नगरपालिका–११, शारदादेवी सामुदायिक वनमा एक पुरुषको शव फेला परेको छ । नाम थर नखुलेको अन्दाजी ४५ वर्षीय पुरुषको शव बरामद भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

सडी, गलिसकेको पुरुष व्यक्ति कोल्टे अवस्थामा देखिएको भनी शुक्रबार दिउँसो स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । मुचुल्का पश्चात शव पोष्टमार्टमका लागि धुलिखेल अस्पताल पठाइएको छ ।