हेटौंडाः नेकपा माओवादी केन्द्र हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्षमा रामहरि पोखरेल चयन हुनुभएको छ । बुधबार भएको पार्टी वडाको दोस्रो सम्मेलनबाट पोखरेल अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको हो ।
पोखरेलको अध्यक्षतामा ३५ सदस्यीय वडा समिति चयन भएको छ । नवनिर्वाचित कार्यसमितिको कार्यकाल दुई वर्षको रहनेछ । १२ नम्बर वडाको सम्मेलन सम्पन्न गराएसँगै माओवादी केन्द्र हेटौंडा उपमहानगरकमिटीले १० वटा वडाको सम्मेलन सम्पन्न गराएको अध्यक्ष तीर्थ थापाले जानकारी दिनुभयो । यसअघि वडा नम्बर ५, ७, ८, ९, ११, १२, १३, १७, १८ र १९ नम्बर वडाको वडा सम्मेलन सम्पन्न गरेको उहाँले बताउनुभयो । बाँकी ९ वटा वडामा केही दिनमै वडा सम्मेलन सम्पन्न गराउने लक्ष्य लिएको उहाँले बताउनुभयो ।