हेटौंडाः पूर्वी मकवानवुरको बागमती गाउँपालिका–४ स्थित महाबुद्ध आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरिएको छ । बुधबार एक कार्यक्रमका बीच रोयल सीआरसी मकवानपुरले विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको हो ।
शैक्षिक क्षेत्रमा कार्यरत संस्थाले बालबालिकाको निम्ति काम गर्दै आइरहेको छ । प्लान नेपालद्वारा सञ्चालित यस संस्थाले विशेषगरी घरबारविहीन, विद्यालय छाडेर अलपत्रमा परेका र असहाय बालबालिकाको पुनस्र्थापना गर्नका लागि कार्य गर्दै आइरहेको छ । बालबालिकाहरुको उद्दार तथा आर्थिक अवस्था पहिचान गरी सहयोग गर्ने काममा संस्था पछि नहट्ने संस्थाका प्रबन्धक देवेद्र राईले बताउनुभयो । कक्षा ५ सम्म पठनपाठन हुने विद्यालयमा १ सय ५० जना विद्यार्थी अध्ययनरत छन् ।
विद्यालय व्यवस्थापन समितिको समन्वयमा भएको कपडा तथा शैक्षिक सामग्री वितरण कार्यक्रममा समितिका अध्यक्ष श्याम लोप्चन, वडा नम्बर ४ का वडा अध्यक्ष दन्तलाल माझी, विद्यालयका प्रधानाध्यापक तिलक पाख्रिन र संस्थाकी प्रशासन तथा लेखा अधिकृत इरिना श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।