रक्तदान गर्दै रक्तदाता

हेटौंडाः हेटौंडा–१, स्थित रक्तसञ्चार केन्द्रमा रक्तदान कार्यक्रम हुँदा १० जना रक्तदान गरेका छन् । मंगलबार भएको रक्तदान कार्यक्रममा ९ जना पुरुष र एक जना महिलाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र हेटौंडाका प्राविधिक किशोर सापकोटाले जानकारी दिनुभयो । रक्तदान कार्यक्रम पतन्जली योग, जिल्ला समिति मकवानपुरले आयोजना गरेको हो । ९ औं राष्ट्रिय योग दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–१०, का वडा अध्यक्ष फुर्वा दोर्जे लामाको प्रमुख आतिथ्य रहेको थियो ।

रक्तदान कार्यक्रममा रक्त सञ्चार केन्द हेटौंडाको प्राविधिक सहयोग रहेको थियो । यस्तै, शुक्रबार सिद्धार्थ माध्यमिक विद्यालयको आयोजनामा विद्यालयमै रक्तदान कार्यक्रम रहेको छ भने शनिबार नेपाल रेडक्रस सोसाइटि उपशाखा, पिप्लेमा रक्तदना हुने भएको छ ।