सिविरका क्रममा खिचीएको तस्वीर

हेटौंडाः कैलाश गाउँपालिका–२ स्थित बैकुण्ठमा भएको निःशुल्क पाठेघरको मुखको जाँचमा ७ जनामा समस्या देखिएको छ । कैलाश गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा ७ जनामा समस्या देखिएको कैलाश गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जगरनाथ शाहले जानकारी दिनुभयो ।

शिविरमा ३८ जनाको सहभागिता रहेको थियो । बुधबार भएको कार्यक्रममा पालिकाले ६० जनाको जाँच गर्ने लक्ष्य लिएको शाहले बताउनुभयो । शाहका अनुसार कैलाश गाउँपालिकाले पालिकाका महिलाहरुको उपचारमा सहयोग होस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

पाठेघरको जाँच गर्दा अरु महिलामा सामान्य समस्या देखिएको छ । पालिकाले आवश्यक भएको महिलाहरुलाई निःशुल्क औषधीसमेत वितरण गरेको शाहले बताउनुभयो । कैलाश गाउँपालिकाका महिलाहरुलाई पाठेघरको मुखको जाँच पालिकाकै स्टाफ नर्स कञ्चनकुमारी महतोले गर्नुभएको हो । शिविरमा पाठेघरको मुखको भीआईए स्क्रिनिङ पनि भएको थियो ।