तालिममा प्रथम हुने टेच टाइटन्स टोलि ।

हेटौंडाः हेटौंडा–४ स्थित हेटौंडा स्कूल अफ म्यानेजमेन्ट (एचएसएम) र आइहबको आयोजनामा भएको १२ दिने कम्प्युटर डिजाइन युआईयुएक्स तालिममा टेक टाइटन्स टिम प्रथम भएको छ ।

एचएसएमले कक्षा–१२ का विद्यार्थीका लागि आयोजना गरेको १२ दिने कम्प्युटर डिजाइन कार्यक्रममा टेक टाइटन्सका जेनिशा मगर, प्रयास गर्तौला, अभिषेक अधिकारी, विधान लामा र रचित अधिकारीको टिम प्रथम भएको एचएसएमका सार्वजनिक सूचना अधिकारी सुदेक्षा श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा सहभागी टिम एकता दोस्रो र टिम अर्किड तेस्रो भएको हो । युआईयुएक्स डिजाइनमा असाधारण प्रतिभा प्रदर्शन गर्ने प्रथम र दोस्रो टोलीलाई क्याम्पसले किबोर्ड, मेडल र प्रमाणपत्र हस्तान्तरण गरेको छ भने तेस्रो हुने टोलीलाई मेडल र प्रमाण पत्र हस्तान्तरण गरेको श्रेष्ठले बताउनुभयो ।

एचएसएमले क्याम्पसका कक्षा–१२ का विद्यार्थीका लागि आयोजना गरेको १२ दिने कम्प्युटर डिजाइन कार्यक्रम बिहीबार सम्पन्न भएको छ । पुस ११ गतेदेखि सञ्चालन भएको तामिलमा क्याम्पसका कक्षा–१२ का ९४ जना विद्यार्थीले १४ टोली बनाएर सहभागी भएएका थिए । क्याम्पसमै भएको तालिममा म्यानेजमेन्ट संकायका विद्यार्थीले सहभागित जनाएका थिए ।