रक्तदान गर्दै हेटौँडा सिटी कलेजका विद्यार्थी ।

हेटौँडाः हेटौँडा–५, पिप्लेस्थित हेटौँडा सिटी कलेजले रक्तदान कार्यक्रम आयोजना गरेको छ । कलेजले साप्ताहिकरुपमा अतिरिक्त सामाजिक क्रियाकलापअन्तर्गत बिहिबार रक्तदान कार्यक्रम गरेको हो ।

कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् । रक्तसञ्चार केन्द्र हेटौँडाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो । कार्यक्रममा कलेजका विद्यार्थी, शिक्षक, कर्मचारीले रक्तदान गरेका थिए । पुस २१ गते शनिबार मकवानपुर उद्योग वाणिज्य संघले पनि रक्तदान कार्यक्रम आयोजना गर्दैछ । संघको वार्षिक साधारणसभाको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्न लागेको हो ।