हेटौँडाः निजी तथा आवासीय विद्यालय अग्रनाइजेशन (प्याव्सन) हेटौँडा उपमहानगर समितिको पाँचौं वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ ।
समितिका अध्यक्ष रामकुमार श्रेष्ठको अध्यक्षता तथा प्याव्सन बागमती प्रदेश समितिका अध्यक्ष केशवलाल श्रेष्ठको प्रमुख आतिथ्यमा साधारणसभा भएको हो । साधारणसभामा प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, प्याव्सनका पूर्वकेन्द्रीय सदस्य एवम् पूर्व जिल्ला अध्यक्ष मदन कुमार दाहाल, संस्थागत विद्यालय शिक्षक युनियन मकवानपुरका अध्यक्ष रामशरण रिजालको पनि आतिथ्य रहेको थियो ।
साधारणसभाको अवसरमा प्याव्सन हेटौँडा उपमहानगर समितिले सहयोगी संघ, संस्थालाई कदरपत्र प्रदान गरेको छ । प्याव्सन हेटौँडा उपमहानगर समितिले समृद्ध समाज दैनिकसँगै प्याव्सन हेटौँडा उपमहानगर समितिले आयोजना गरेको कार्यक्रममा सहयोग गर्ने विद्यालयलाई पनि प्रशंसापत्र प्रदान गरेको थियो । साधारणसभामा सहभागीले निजी विद्यालयप्रति समुदायको आरुोप, सरकारी निकायको गलत नीतिले त्रासमा पारेको भन्दै जोखिमपूर्ण अवस्थामा राखेको टिप्पणी गरेका थिए ।