हेटौंडाः साहित्य संगम मकवानपुरको ३ सय ३८ औँ नियमित साहित्य सन्ध्या तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । शनिबार साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्ष तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यमा नियमित सन्ध्या कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रलाई सम्बोधन गर्नुहुँदै वडा अध्यक्ष सिग्देलले अरु क्षेत्रमा जस्तै साहित्यक क्षेत्रमा पनि लगानी हुनुपर्ने बताउनुभयो । संगमका अध्यक्ष बर्तौलाले अक्षय कोष निर्माणमा सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद व्यक्त गर्नुभयो ।

बालजागृति बोर्डिङका प्रिन्सिपल बिनोद सुवेदीले जिल्लामा सहित्यतर्फ धेरै आकर्षण बढ्दै गएको बाताउनुभएको छ । उहाँले साहित्य संगमले साहित्य क्षेत्रको विकासका लागि धेरै काम गर्दै आइरहेको बताउनुभयो । नयाँ पुस्तालाई पनि साहित्यक क्षेत्रमा सहभागी गराउनुपर्ने उहाँको भनाइ छ ।

नियमित सन्ध्या कार्यक्रममा सुवास सजल, इभानी रानाभाट, रचना भण्डारी, स्वस्तिका बानियाँ, कृतिका लौडारी, शोभा थापा, मिथिला अधिकारी, रजनी पौड्याल, ठाकुराम भण्डारी, विष्णुप्रसाद गौतम, छवि अनित्य, देवराज तिवारी, किसन पौड्याल, शिवहरि प्याकुरेल र सुदर्शन अधिकारीले रचना वाचन गर्नुभएको छ ।

यस्तै, साहित्य संगम मकवानपुरको नियमित गतिविधि सञ्चालन, दिगो अक्षयकोष निर्माण अभियानमा ५ हजार रुपैयाँभन्दा बढी सहयोग प्रदान गरी साहित्यिक उन्नतिमा सहयोग पु¥याउने ६४ जना व्यक्तिहरुलाई कदरपत्रसहित सम्मान गरिएको छ । कार्यक्रममा सल्लाहकार तुल्सी घिमिरे, मुक्ति गोविन्द वैद्य, राजकुमार लामिछाने, सुदर्शनप्रसाद अधिकारी, मिथिला अधिकारी र आँचल साहित्य कला पुञ्ज अध्यक्ष भावना सापकोटाको उपस्थिति रहेको थियो ।