हेटौँडाः मकवानपुरगढी गाउँपालिका–१ का एक युवकले १९ वर्षीया किशोरीको नग्न तस्वीर खिची व्ल्याकमेल गर्दै निरन्तर यौनशोषण गर्दै आएको पाइएको छ । पीडित किशोरीले बुधबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेकी छिन् ।
मकवानपुरगढी गाउँपालिका–१ घर भई हेटौँडा–५, सानोपोखरामा बस्दै आएकी किशोरीलाई मकवानपुरगढी गाउँपालिका–१ कै २४ वर्षीय युवकले व्ल्याकमेल गरी यौनशोषण गरेको पीडितको आरोप छ । ९ कक्षा पढ्दादेखि नै चिनेको युवकले गत बैशाखमा किशोरीको कोठामै गएर नग्न तस्वीर खिचेर व्ल्याकमेल गर्न सुरु गरेको पीडितले प्रहरीमा दर्ता गरेको जाहेरीमा उल्लेख छ । ती युवकले किशोरीको फेसबुक आइडी समेत लिएर किशोरीको नग्न तस्वीर राखेर यौनकर्मीको रुपमा प्रचार समेत गरिदिएको पीडितको आरोप छ ।