हेटौँडाः इसाई धर्मावलम्वीहरुको चाड खिष्टमसको अवसरमा मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाले ३ दिन बिदा दिने निर्णय गरेको छ । इसाई धर्मावलम्वीहरुको धेरै बसोबास रहेको हुँदा तीन दिन विदा दिने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।
बिहिबार एक सूचना जारी गर्दै गाउँपालिकाले पुस ८, ९ र १० गते पालिकाका सार्वजनिक कार्यालय, सरकारी कार्यालय, शिक्षण संस्था एवम् बैङ्क तथा वित्तीय संस्थाहरु बन्द हुने जनाएको छ । खिष्टमस पर्व आगामी सोमबार परेको छ । ख्रिष्टमसले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक, जातीय विविधतायुक्त गाउँपालिकामा बसोबास गर्नेहरुमा आपसी सद्भाव, सामाजिक एकता र भातृत्व कायम गर्ने अपेक्षा गाउँपालिकाले गरेको छ ।